- ग्रामिण सामुदायिक विकास संस्था (जि.एस.एस) मुगुले ३९ वटा सामुदायिक विद्यालयहरुको अवस्थामा सुधार ल्याउनको लागि बिगत ५ बर्षदेखी सहयोग गर्दै आइरहेको छ ।
मुगु : मुगुको सोरुगाँउपालिकामा एक स्थानिय संस्थाले शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको छ । ग्रामिण सामुदायिक विकास संस्था (जि.एस.एस) मुगुले ३९ वटा सामुदायिक विद्यालयहरुको अवस्थामा सुधार ल्याउनको लागि बिगत ५ बर्षदेखी सहयोग गर्दै आइरहेको छ ।
ई.सि.डी कक्षादेखी ३ कक्षासम्म अध्यानरत बालबालिकाहरुको व्यावस्थापनको लागि कक्षाकोठाको भुईसिलीङ, कक्षाकोठा हापसिलिङ, कुसन, पिफम, कार्पेट, सुज र्याक, बुक र्याक, टेबुल, बेन्च, शौक्षिक क्रियाकलापका आधारमा सिकाईका लागि शिक्षकहरुलाई तालिम, गोष्ठी, स्थानिय शौक्षिक सामाग्रीहरु, स्थानिय पाठ्य पुस्तक निमार्णमा सहयोग, विद्यालय सुरक्षा तथा सरसफाईका लागि शौचालय निमार्णमा उक्त संस्थाले सहयोग गर्दै आइरहेको हो ।
खानेपानि निमार्ण तथा मर्मत, विद्यालय घेरबार तथा मर्मत, विद्यालय छाना मर्मत तथा निमार्ण, विद्यार्थिहरुको क्षमता विकासको लागि बालक्लव निमार्ण गरी अत्तिरिक्त क्रियाकलापहरु दैनिक,साप्ताहीक र मासिक रुपमा सञ्चालन गर्दै पुरस्कारको ब्यावस्था समेत यो संस्थाले गर्ने गरेको छ ।
यसैगरी बिपद् जोखिमको लागि बिपद् प्रतिकार्य सम्बन्धिका सामाग्रीहरु सोरुगाँउपालिकाको समन्वमा काम गर्दै आएपछि पछिल्लो समयमा सोरुगाँउपालिकामा रहेका सामुदायिक विद्यालयमा शिक्षा र स्वास्थ्य सम्बन्धि केही सुधार आएको ग्रामीण सामुदायिक सस्था (जि.एस.एस) मुगुका कार्यक्रम संयोजक बासु रावलले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
-
विश्व बजारमा कच्चा तेलको मूल्य ११० डलर नजिक
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’